हलिउडको लागि सन् २०१५ निकै राम्रो बित्यो। धेरै सफल फिल्मका सफल सिक्वेल बने। एभेन्जर्स: द एज अफ अल्ट्रन, जुरासिक वर्ल्ड, मिसन इम्पोसिबल, फास्ट एण्ड फ्युरियस‍-७ वा स्टार वार्स, यी चर्चित फिल्मले वर्ष भरी निकै चर्चा बटुले।

2016 films top

यो वर्ष पनि हलिउडमा दमदार चलचित्र रिलिज हुँदैछ। ब्याटम्यान सुपरम्यानलाई एउटै चलचित्रमा देख्न पाइनेछ यो वर्ष। निकै चर्चा कमाएको गेम एङ्ग्री बर्ड्सको चलचित्र पनि यो वर्ष नै रिलिज हुनेछ। एक्स म्यानका फ्यानको लागि पनि सन् २०१६ निराशाजनक बन्ने छैन। दुवै भाग निकै सफल बनेको कङ्फु पान्डाको तेस्रो भाग पनि यहि वर्ष आउँदैछ। क्याप्टेन अमेरिकाको अर्को भाग यो वर्षको सर्वाधिक चर्चित फिल्म बन्ने सम्भावनालाई पनि नकार्न सकिन्छ। समग्रमा सन् २०१६ हलिउड फिल्म इन्डस्ट्रिको लागि निकै महत्वपूर्ण सावित हुने देखिन्छ।

सन २०१६ मा रिलिज हुने हलिउडका दर्शकले प्रतिक्षा गरेर बसेका चलचित्रहरु यी हुन,

१. ब्याटम्यान भर्सेज सुपरम्यान: डन अफ जस्टिस

२.क्याप्टेन अमेरिका: सिभिल वार

३.द जंगल बुक

४.एक्स म्यान: एपोक्यालिप्स

५.इन्डिपेन्सडेन्स डे: रिसर्जेन्स

६.स्टार ट्रेक वियोन्ड

७.कङ्फु पान्डा-३

८.सुसाइड स्कुवाड

९.वारक्राफ्ट

१०.घोस्टबस्टर्स

११.लण्डन हाज फलन

१२.द एङ्ग्री बर्ड्स मुभि

१३.सेन्ट्रल इन्टिलिजेन्स

१४.स्नोडेन

१५.१३ आवर्स