एजेन्सी ।

लामो समय सम्मको गहिरो सम्बन्ध तोडेर सम्बन्ध विच्छेद गरेका बलिउडका २ सेलिब्रेटी सलमान खान र ऐश्वर्या बच्चन आजकल भेट्दैनन् । एक अर्काको बारेमा नबोलेको पनि धेरै भएको थियो ।

यस्ता यस्ता विवादमा परेकी थिइन् ऐश्वर्या राय

तर हालै ऐश्वर्या रायले सलमानको विषयमा पहिलो पटक मुख खोलेकी छिन् ।

salman-aishwarya

सलमान खान र ऐश्वर्याले अभिनय गर्ने भनिएको सञ्जय लिला भन्सालीको चलचित्र ‘बाजीराव मस्तानी’ मा काम नगरेकोमा आफूलाई कुनै पछुतो नभएको ऐश्वर्याले बताएकी छिन् ।

सलमान र ऐश्वर्या अभिनित ‘हम दिल दे चुके सनम’ को सफलतापछि भन्सालीले ‘बाजीराव मस्तानी’ मा सलमान र ऐश्वर्यालाई अभिनय गराउन चाहेका थिए ।

ऐश्वर्यालाई सलमानबाट यसरी खोसेका थिए विवेकले

अव यो चलचित्रमा रणबीर सिंह र दीपिका पादुकोण देखिने तय भएको छ । ऐश्वर्याले सलमान खान तयार नभएका कारण यो चलचित्र बन्न नसकेको खुलासा गर्दै यसका लागि आफूलाई कुनै पछुतो नभएको बताएकी हुन् ।

salman-and-aish

सन् १९९५ मा सलमान र ऐश्वर्या निक्कै निकट थिए । उनीहरुबीच सम्बन्ध तिक्कतापूर्णरुपमा सकिएको थियो । अहिले ऐश्वर्या बच्चन परिवारमा बुहारी बनेर छोरी जन्माइसकेकी छिन् ।