६ वैशाख, एजेन्सी।

फ्रान्सको राजधानी पेरिसमा आयोजना भएको ५ किलोमिटर रङ्गेली दौडको क्रममा आइफिल टावरको अगाडि सियन नदीको किनार हुँदै आज हजारौँ मानिसहरू रङ्गमय वातावरणमा दौडिएका छन्।

फ्रान्समा वर्षेनी आयोजना हुने यस ‘कलर रन २०१६’को मूख्य उदेश्य जित्नु होइन बरु रङ्गसँगै रमाउँदै ५ किलोमिटर दौडिएर आफ्नो दुःखलाई भुलाउनु हो। यस प्रतिष्पर्धामा दौडिनैपर्ने कुनै अनिवार्य छैन, प्रतियोगीहरू दौडिन पनि पाउँछन् भने बिस्तारै हिँड्न पनि पाउँछन्, तर यसको एउटै नियम भनेको सबैले सेतो रङ्गको लुगा लगाउनुपर्ने हुन्छ।Color Run 2016 in Paris (3)

हरेक किलोमिटर पार गरिसकेपछि त्यहाँ रङ्गेली सेक्सन हुन्छ, जहाँ प्रतियोगीहरू एक-अर्कालाई शतप्रतिशत मकैबाट बनाइएको रङ्ग छ्याप्छन् र फिनिस लाइनमा पुग्दासम्म जो सबैभन्दा रङ्गीचङ्गी भएर आउँछ, उसैले विजय प्राप्त गर्दछ।Color Run 2016 in Paris (4)

Color Run 2016 in Paris (1)

Color Run 2016 in Paris (2)

तस्विर स्रोत– पिपुल्स डेली