१० असोज, एजेन्सी।
शक्ति कपूर र उनकी पत्नी शिवांगी छोरी श्रद्धाको चालाले हैरान भएका छन्। घर निकै अबेर रात पुग्ने गरेकी श्रद्धालाई परिवारसंग अधिक समय बिताउन बाबुआमाले उर्दी नै जारी गरेको खबर भारतीय मिडियामा छापिएका छन्।Shraddha Kapoor 32126520

समयमा घर आउन छोरीलाई गाली गर्दै साथीहरुसंग घुम्न जानेकाम कम गर्न श्रद्धालाई आमाबाबुले सम्झाएका छन्।

तीन फिल्ममा व्यस्त

श्रद्धा यो वर्ष निकै व्यस्त छिन्। ‘ओके जानू’ र ‘रक अन २’को सुटिङ सकिएपछि उनले नयाँ दिल्ली र न्यूयोर्कमा ‘हाफ गर्लफ्रेन्ड’ को सुटिङ सकेकी छिन्। यो फिल्मको अहिले मुम्बईमा सुटिङ गर्दै छिन्।

२९ वर्ष पुगेकी श्रद्धाले सन २०१० को ‘तीन पत्ती’बाट बलिउडमा इन्ट्रि लिएकी थिइन। उनलाई बलिउडमा सन् २०१३ को ‘आशिकी २’ले चर्चामा ल्याएको थियो।

यो पढ्नुस्।

जब मैले पहिलोपटक भिडियो हेरेँ, धन्नै सोफाबाट खसेकी थिएँ – श्रद्धा कपुर