• ३१ जेठ २०८१, बिहिबार

२४ घण्टामा ६० जनामा कोरोना संक्रमण : २८ जना आइसोलेसनमा

blog

काठमाडौं, वैशाख १७ गते। नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  १४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा ६० जना कोरोना संक्रमित थपिएका हुन्। सोही समयमा  ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

२४ घण्टामा २६ सय ३५ जनाले कोरोना विरुद्धको खोप लगाउका छन्। ३२८ सक्रिय संक्रमित मध्ये २८ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन्। जसमध्ये नौ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन्।