+
+

सामाजिक सुरक्षा योजनाले श्रमिक खुसी, कार्यान्वयन हुनेमा आशंका

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते २०:४९

११ मंसिर, काठमाडौं । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको छ । औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी प्रदान गर्ने यस योजनाको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहका बीच योजना प्रारम्भ भएको घोषणा गरे ।

सरकारले ‘नयाँ युग’ शूरुअात भएको भनेर यस योजनालाई प्रचारप्रसार गरेको छ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् ।

कोषमा जम्मा हुने रकमबाट श्रमिकलाई पेन्सन र अवकास सुविधा मात्रै दिँइदै छैन, कार्यस्थलको हुने दुर्घटनाको बीमा, कामदारको उपचार खर्चसहित श्रमिकका आश्रति परिवारका लागि पनि विभिन्न सुविधा घोषणा भएको छ ।

कोषले यस्तो रकमको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रति परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाको लागि खर्च गर्नेछ । सरकारले कामदारको समाजिक सुरक्षाका लागि रोजगारदाता आवद्ध गर्ने प्रक्रिया थालिसकेको छ ।

यो योजनाले सबैको हितमा काम गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए । शुभारम्भ घोषणा समारोहमा बोल्ने धेरैले यसको खुलेर प्रशंसा गरे । उद्योगी व्यवसायीहरुले पनि योजनामा समर्थन भएको घोषणा गरे ।

ट्रेड युनियनका नेताहरुले पनि सरकारी यो योजनाको स्वागत गरेका छन् । धेरै पहिलेदेखि राख्दै आएको माग सरकारले पूरा गरेकोमा ट्रेड युनियनका नेताहरु खुसी छन् ।

सबै पक्ष खुसी देखिदा मूख्य यसको भागेदार श्रमिकहरु चाहिँ कत्तिको खुसी छन् त ? हामीले शुभारम्भ समारोहमा सहभागी भएका केही श्रमिकहरु सोध्दा योजनाले खुसी तुल्याएको तर कार्यान्वयन हुने विषयमा भने उनीहरुले आशंका व्यक्त गरेका छन् ।

भक्तपुरको एक उद्योगमा काम गर्ने हरिकृष्ण तण्डुकार कार्यक्रम सकिए लगत्तै बाहिर निस्किए । जिफन्टमा आवद्ध समेत रहेका तण्डुकारले सरकारी यो योजनाले धेरै खुसी तुल्याएको उनले प्रतिक्रिया दिए ।

‘सरकारी कर्मचारी बाहेक अन्य ठाउामा काम गर्ने कर्मचारीहरुलाई कर्मचारी नै होइन जस्तो गरिन्थ्यो,’ उनले भने, ‘योजना पछि धेरै नै खुसी लागेको छ, तर यो कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चाहीँ पक्का भएको छैन ।’

तण्डुकारसँगै भेटिएकी जिफन्टमै आवद्ध कृष्णकुमारीले पनि कार्यान्वयन हुने विषयमा आफूलाई शंका लागेको बताइन । श्रमिकका लागि यो योजना एकदमै खुसीको कुरा भएको तर कार्यान्वयन हुन्छ कि हुादैन भन्ने विषयमा अन्योलता रहेको उनले बताइन् ।

कार्यक्रममै भेटिएका अखिल नेपाल गलैजा मजदुर संघका केन्द्रीय महासचिव विचारी खड्काले पनि योजना भनेको मजदुरका लागि सुवर्ण अवसर भएको बताए । उनले चने, ‘हामीले यसका लागि निकै संघर्ष गर्यौ, जेहोस यसले हामीलाई धेरै खुसी लागेको छ ।’

कानूनी रुपमा शुरुअात भएपनि व्यवहारिक रुपमा शुरुअात हुन समय धेरै लाग्ने हो कि भन्ने चिन्ता लागेको उनले बताए । नेपालमा धेरै कानूनहरु बनेको तर कार्यान्वयन हुन समस्या हुने गरेको भन्दै उनले यसको कार्यान्वयनमा समेत सरकार सरकार तथा सरोकारवाला गम्भीर हुनु पर्ने धारणा राखे ।

‘सरकारी यो योजनाको हामीले जसरी खुसी भएर भव्तव्यका साथ खुसीयाली साटासाट गरेका छौं, हो त्यसरी नै कार्यान्वयन भए पछि खुसी साटासाट गर्न पाउ भन्ने अपेक्षा रोखेको छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?