कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पाँच राजदूत सिफारिस

काठमाडौँ — सरकारले राजदूत र राष्ट्रसंघीय नियोग स्थायी प्रतिनिधि नियुक्त गर्न ५ जनाको नाम सिफारिस गरेको छ ।

पाँच राजदूत सिफारिस

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को सोमबारको बैठकले ती मुलुक र नियोगका राजदूत फिर्ता बोलाई नयाँ नियुक्तिका लागि सिफारिस गरेको बताए ।


परराष्ट्रका सहसचिवहरू गणेशप्रसाद ढकाललाई थाइल्यान्ड, भृगु ढुंगानालाई क्यानडा, दीपक अधिकारीलाई फ्रान्स र दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूत सिफारिस गरिएको छ ।


यस्तै सहसचिव मणिप्रसाद भट्टराईको नाम जेनेभास्थित राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि र स्विट्जरल्यान्डका लागि आवासीय राजदूतका लागि सिफारिस भएको छ । उनीहरूको नाम संसदीय सुनुवाइमा पठाइसकिएको छ ।

प्रकाशित : पुस १३, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट ल्याउने समय एक साता मात्र बाँकी रहँदापनि संघीय संसद्को गतिरोध खुलाउन सरकारले किन तदारुकता नदेखाएको होला ?