स्वरोजगारमा झापा देशकै उत्कृष्ट

स्वरोजगारमा झापा देशकै उत्कृष्ट

बिर्तामोड : युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रममा झापा देशकै उत्कृष्ट बनेको छ। कोषले लगानी गरेको रकमबाट झापामा हालसम्म दुई हजार दुई सय युवा स्वरोजगार भएका छन्। झापामा कोषमार्फत लगानी गरिएको रकम शतप्रतिशत भुक्तानी भएको छ।

लगानी र व्यवसायीको संख्याको आधारमा झापा उत्कृष्ट भएको कोषका जिल्ला संयोजन समिति संयोजक सन्तोष सापकोटाले बताए। ‘कोषबाट लगानी भएको रकमलाई युवाले व्यवसायमा लगाएका छन्,’ सापकोटाले भने, ‘तीमध्ये नियमित किस्ता समयमै तिर्ने असल व्यवसायीलाई ब्याजबापतको ६० प्रतिशत रकम फिर्ता दिन सुरु गरिएको छ।’

शनिबार बिर्तामोडमा १४ सहकारी मार्फत रकम लिएका सबै आठ सय ४४ युवालाई रकम फिर्ता दिइएको कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दगांलले बताए। कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडाले जनताले तिरेको कर उनीहरुकै हातमा पुर्‍याउन र युवालाई व्यवसायिक बनाउन लगानी गरिएको बताए। उनले कोषको दुरुपयोग रोक्ने पनि बताए।

स्वरोजगार कार्यक्रम सुरु भएदेखि झापामा ६२ सहकारीमार्फत ३३ करोड रुपैयाँ लगानी गरिएको छ। कोषले एक जनाबराबर अधिकतम दुई लाख रुपैयाँ मात्र लगानी गर्दै आएको छ। कोषले सहकारीलाई पाँच प्रतिशत र सहकारीले व्यवसायीलाई दश प्रतिशत ब्याजदरमा लगानी गर्दै आएको छ। व्यवसायीले भने सो रकम बढाएर पाँच लाख पुर्या‍उनुपर्ने माग गरेका छन्। उपाध्यक्ष दंगालले यो निर्णय भइसकेको र चाँडै लागू गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.