• १४ जेठ २०८१, सोमबार

नेपालगञ्जबाट एक थान पेस्तोलसहित एक युवक पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय बाँके । तस्विर: सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, वैशाख २७ गते । नेपालगञ्ज उपमहानगरपालिका –१२ को एक डान्स बारबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी रामबहादुर घर्तिमगरका अनुसार बाँसगढी नगरपालिका –८ बर्दियाका २८ वर्षीय सुमन रिजाललाई एक थान अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित पक्राउ गरिएको हो । 

डिएसपी घर्तिमगरले स्थानीय किङ क्रस क्लब नामको डान्स बारमा मंगलबार राति झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जाँच गर्ने क्रममा सोही क्लबको शौचालयमा लुकाइराखेको पेस्तोल र गोलीसहित रिजाललाई पक्राउ गरेको बताउनुभयो । 

उहाँले सो सम्बन्धमा प्रहरीले विशेष टोली खटाएर थप अनुसन्धान गरिरहेको पनि बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार खुला सीमा नाकाका कारण अवैध रूपमा भित्रिने साना हतियार बाँकेको शान्ति सुरक्षाका लागि निकै ठूलो चुनौती बनेको छ । बेला बेलामा बाँकेमा साना हतियारसहित विभिन्न व्यक्तिहरू पक्राउ पर्नुले पनि त्यस्ता हतियारहरू जिल्लाको सुरक्षाका लागि खतरा बनेका छन् । 

पक्राउ परेका रिजालले सो पेस्तोल र गोली कहाँबाट र केका लागि ल्याएका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।