• १९ वैशाख २०८१, बुधबार

‘जेलर’ हेर्न कर्मचारीलाई बिदा

blog

काठमाडौँ, साउन २४ गते । आगामी शक्रबार प्रदर्शन हुन लागेको साउथ सुपर स्टार रजनीकान्त अभिनित चलचित्र जेलरको प्रदर्शनका दिन उहाँको गृहनगर चेन्नईका साथै बैङ्ग्लोरलगायत सहरका कार्यालयका कर्मचारीलाई बिदा दिने घोषणा गरिएको छ । यसका साथै कार्यालय व्यवस्थापनले चलचित्रको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकटसमेत उपलब्ध गराउने भएको छ ।  

करिब दुई वर्षपछि रजनीकान्त ठुलो पर्दामा फर्कन लाग्नुभएको हो । नेल्सन दिलीपकुमार निर्देशित चलचित्रमा रजनी कान्तले अवकाशप्राप्त प्रहरीको भूमिकामा देखिनुभएको छ । चलचित्रमा रजनीकान्तसँगै मोहनलाल, ज्याकी श्राफ, तमन्ना भाटिया, शिवा राजकुमार, राम्य कृष्णनलगायत कलाकारको अभिनय रहेको छ । एजेन्सी