कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तमोर करिडोरमा कार्यरत ४५ मजदुर अलपत्र

रमेशचन्द्र अधिकारी

धनकुटा — तमोर करिडोरको धनकुटा खण्डमा कार्यरत मजदुर दुई दिनदेखि अपलत्र परेका छन् । कोभिड–१९ रोकथामका लागि देशभर लकडाउन गरिएपछि तमोर करिडोरको मुलघाटदेखि पाँचथरको नावा खोलासम्म कार्यरत ४५ जना मजदुर कार्यरत अवस्थामा अपलत्र परेका हुन् ।

दुई दिनदेखि काम रोकिएपछि उनीहरु अलपत्र परेको सुपरभाइजर रोशन भण्डारीले बताए । उक्त खण्डमा रौता कन्ट्रक्सन प्रालि काम गर्दै आएको छ । काम नभएको अवस्थामा रासन समेत सकिएर भोकै बस्नुपर्ने अवस्था आएको मजदुरहरूले बताएका छन् । भण्डारीले गाउँमा खाना समेत पाइन छोडेको बताए । दुई दिनसम्म अलपत्र पर्दा खर्च सकिँदै गएपछि मजदुर बिचल्लीमा परेको बताइएको छ ।


मजदुरलाई खाद्यान्न उपलब्ध गराउन प्रयासरत रहने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए । उनले ठेकेदार कम्पनीले पछि मजदुरको तलबबाट तिर्नेगरी खाद्यान्न उपलब्ध गराइने बताए ।


घरभाडा नलिन वाणिज्य संघको आग्रह


कोभिड–१९ नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको अवधिभर धनकुटाका घरधनीले डेराभाडा नलिन उद्योग वाणिज्य संघ धनकुटाले जिल्लावासीलाई अपिल गरेको छ ।


बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वाणिज्य संघले उक्त आग्रह गरेको हो । लकडाउनको अवधिमा व्यापार व्यवसाय ठप्प रहने भएकोले घरभाडा नलिई सहयोग गर्न घरधनी समक्ष आग्रह गरिएको वाणिज्य संघका जिल्ला अध्यक्ष विजयसन्तोषी राईले बताए ।


यसैगरी लकडाउन अवधिको ऋणीहरुबाट ब्याज समेत मिनाहा गर्न संघले उल्लेख गरेको छ । विषम परिस्थितिमा सबैले साथ सहयोग गर्न समेत वाणिज्य संघका अध्यक्ष राई र वरिष्ठ उपाध्यक्ष तारा तितुङले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र १३, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?