logo
२०८१ बैशाख १६ आईतवार



कतारमा नेपाली दूतावासद्वारा कन्सुलर सेवा बन्द

विदेश |
फिचर |
मुख्य समाचार |
पढ्नै पर्ने |


कतारमा नेपाली दूतावासद्वारा कन्सुलर सेवा बन्द


गाेरखापत्र अनलाइन 

काठमाडौं, फागुन २९ गते । कतारमा रहेको नेपाली दूतावासले अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने भएको छ ।
कोरोनाको भाइरस (कोभिड १९) को संक्रमणलाई ख्याल गर्दै आगामी चैत्र २ गतेदेखि अर्को सूचना जारी नभएसम्म अस्थायी रुपमा बन्द गरिने दूतावासले जनाएको छ ।
साथै, पासपोर्ट सम्बन्धी, मागपत्र प्रमाणीकरण, यात्रा अनुमती र मृतकका शव पठाउने काम नियमित रुपमा हुने दूतावासले जनाएको छ ।
कतारले कोरोनाको संक्रमणको फैलन नदिन अस्थायी रुपमा शैक्षिक संस्था, रेष्टुरेण्ट तथा क्याफेहरू समेत बन्द गरेको दूतावासको सूचनामा उल्लेख छ । कतारमा अहिलेसम्म २ सय ६२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
दूतावासले नेपालीलाई सूरक्षित रहन विभिन्न सतर्कता अपनाउन समेत आग्रह गरेको छ । कतारमा चार लाख भन्दा बढी नेपाली नागरिक रहेको बताईन्छ ।
यता कतारले नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?