१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

‘जापान रोजगारीका नाममा कसैलाई पैसा नदिनू’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापान रोजगारीको नाममा कसैलाई पनि रकम नबुझाउन आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै केही भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श तथा सीप प्रशिक्षण संस्थाहरूले भ्रमपूर्ण प्रचार गरेर रकम असुलेको जानकारी प्राप्त भएकाले सचेत रहन आग्रह गरेको हो।  

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विज्ञप्ति जारी गरी सन् २०१९ मार्चमा नेपाल र जापान सरकारबीच भएको समझदारी अनुसार जापान पठाउने प्रक्रिया अघि बढिरहेको उल्लेख गरेका छन्। जापानमा रोजगारी प्राप्त गर्न जापानी भाषा परीक्षा उत्तीर्ण र सम्बन्धित कार्यक्षेत्रको सीप परीक्षण प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने प्रावधान रहेको मन्त्रालयले प्रस्ट पारेको छ।  

तिनै प्रावधानअनुरुप दुवै परीक्षण जापान सरकारकै तर्फबाट छनोट भएको जापान फाउन्डेसनले मात्र गर्ने विज्ञप्तिमा जनाइएको छ। जापान फाउन्डेसनले सञ्चालन गरेको भाषा र सीप परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवार मात्र योग्य मानिने मन्त्रालयले जनाएको छ। जापान जान भन्दै रकम बुझाउनुको कुनै अर्थ नहुने भएकाले वैदेशिक रोजगार विभागबाट यथार्थ र आधिकारिक सूचना लिएर मात्र भाषा परीक्षा तथा सीप परीक्षणको तयारी गर्न मन्त्रालयले आग्रह गरेको छ।  

‘श्रमिकलाई कामबाट नहटाऊ’

यसैबीच, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रमिकलाई कामबाट नहटाउन माग गरेको छ। कोरोना भाइरसको महामारी देखाउँदै कैयौं उद्योग, प्रतिष्ठानले कामदार हटाउन थालेपछि जिफन्टले यस्तो माग गरेको हो।  

पछिल्लोपटक सरकारी स्वामित्वकै नेपाल वायुसेवा निगमले समेत करारमा रहेका कर्मचारीलाई जागिरबाट हटाइएको छ। निगममा वषौैंदेखि कार्गो, काउन्टर र आउट स्टेसनमा काम गरिरहेका करारका कर्मचारी हटाएको थियो। श्रमिकहरूको जीविकोपार्जन सहज बनाउन पनि जिफन्टले सरकारसँग माग गरेको छ। 

प्रकाशित: ११ श्रावण २०७७ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App