कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

वैदेशिक रोजगार कसुरमा फरार तामाङ पक्राउ

तामाङलाई वैदेशिक रोजगार न्यायधिकरणले  ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार कसुर मुद्दामा फरार अजय तामाङलाई पक्राउ गरेको छ । 
भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ रानीबारीमा बस्ने ३७ वर्षीय तामाङलाई ब्यूराेले शुक्रबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगार कसुरमा फरार तामाङ पक्राउ

तामाङलाई भक्तपुर जिल्ला अदालतमार्फत कारागार कार्यालय डिल्लीबजार पठाएको ब्यूरोले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

वैदेशिक रोजगार कसुरका तीन मुद्दामा वैदेशिक रोजगार न्यायधिकरणले ०७५ मंसिर २४ गते तामाङलाई ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार तामाङलाई ब्यूरोले पक्राउ गरेर भक्तपुर जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाएको हो ।

तामाङले आकर्षक वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै पैसा लिएको तर भने बमोजिम वैदेशिक रोजगारमा नपठाएको भन्दै उजुरी परेको थियो ।

प्रकाशित : माघ २६, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश संरचना बनेपछिका करिब सात वर्ष मधेशमा नेतृत्व गरेको जसपा नेपालको सरकार ढलेको छ । मधेशको नेतृत्व गर्दा यो पार्टीले निभाएको भूमिकाबारे तपाईंको के समीक्षा छ ?