३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

चार देशमा श्रम सहचारी नियुक्त

काठमाडौँ — ठूलो संख्यामा नेपाली कार्यरत मध्यपूर्वका चार मुलुकका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम काउन्सिलर र श्रम सहचारी छनोट गरेको छ । छिट्टै उनीहरू नियुक्तिपत्र बुझेर सम्बन्धित मुलुकमा जाने मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियाको श्रम काउन्सिलरमा उपसचिव जीवनकुमार राई, संयुक्त अरब इमिरेट्स (यूएई) का लागि निर्मला थापा, बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाल र कतारका लागि अनुज गौतम छनोट भएका छन् । श्रम काउन्सिलर र सहचारीले आफू खटिएको मुलुकमा गएर नेपाली कामदार समस्यामा पर्दा उद्धार तथा सहजीकरणको भूमिका निर्वाह गर्नेछन् । काउन्सिलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्थाबमोजिम उनीहरूलाई छनोट गरिएको हो ।


मापदण्डअनुसार श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम विभाग, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र मातहतका कार्यालयमा कार्यरत उपसचिव र अधिकृतमा मात्र काउन्सिलर र सहचारी छनोट प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था छ ।


प्रकाशित : पुस २२, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?