logo
२०८१ बैशाख १२ बुधवार



गरिखाने मजदुरमा बढ्दै कोरोनाको चासो

समाज |


गरिखाने मजदुरमा बढ्दै कोरोनाको चासो


शान्ति लामा

काठमाडौँ, चैत ११ गते । पैदल यात्रुको पातलो आवागमन रहेको तीनकुनेस्थित सडकपेटीमा दुर्गाबहादुर खड्का हरियो मकै पोल्दै हुनुहुन्थ्यो । कपडाको कालो मास्क लगाएर आगो फुकिरहेका खड्काको व्यापार तीन दिनयता राम्रो भएको छैन ।
“कोरोना आयो भनेर सबै गएछन् कि ? व्यापार नै भएको छैन”, उहाँले दुःखेसो सुनाउनुभयो, “जे विपत्ति आए पनि हामी गरिखानेलाई नै दुःख रहेछ ।” यही दुःखको दिनचर्याबीच उहाँले कोरोनाको सङ्क्रमणबाट जोगिन उपाय अपनाइएको बताउनुभयो ।
मास्क नलगाई हिँडडुल नगर्ने, दैनिक नुहाउने, तातोपानी खाने गरिएको उहाँले बताउनुभयो । उहाँले कोरोना भाइरस (कोभिड–१९) बारे टीभीमा खबर सुनेर थाहा पाएको सुनाउनुभयो । सत्तरी वर्षका खड्कालाई छोराछोरीले युट्युब हेरेर पनि दिनदिनको खबर सुनाउने गरेको उहाँले बताउनुभयो ।
ओखलढुङ्गाका कुलबहादुर कार्की काठमाडौँमा डेलिभरी भ्यान चलाउनुहुन्छ । सोमबार दिउँसो फ्रान्सबाट काठमाडौँ आउनुभएकी एक किशोरीमा कोभिड–१९ पोजिटिभ देखिएको खबर पनि उहाँले आफ्नै गाडीमा बसेर सुन्नुभएको हो । “कोरोनाबारे सबै खबर सुन्ने र पढ्ने गरेको छु । सतर्कता अपनाएको छु”, उहाँले भन्नुभयो । आफ्नो डेलिभरी भ्यानमै उहाँले स्यानिटाइजर र हाते पन्जा बोकेर हिँड्नुभएको छ । सम्भव भएसम्म पटकपटक साबुनपानीले हात धुने गरिएको र खानुअघि हातमा स्यानिटाइजर लगाउने गरिएको उहाँले बताउनुभयो । घरमा पनि साबुनपानीले घरिघरि हात धुन परिवारका सदस्यलाई सचेत गराइएको उहाँको भनाइ छ ।
कोरोना भाइरसको प्रकोप नेपालमा फैलिए यस्तै दैनिक काम गरी खानेलाई सबैभन्दा बढी प्रभावित पार्ने विश्लेषण गरिएको छ । पूर्वरोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । साथै सङ्क्रमणबाट बच्ने उपायबारे स्वास्थ्य सन्देश पनि विभिन्न माध्यमबाट दिइएको छ ।
अहिले आमसञ्चारका माध्यमबाट सम्प्रेषण गरिएको सन्देशले सर्वसाधारणलाई निकै मद्दत पु¥याएको देखिन्छ ।
सिनामङ्गलमा ग्रिल पसलमा काम गर्ने महेश पौडेलका लागि सूचनाको स्रोत टेलिभिजन हो । टेलिभिजनमै हेरेर यस्तो बेला के गर्ने के नगर्ने भन्ने कुरा उहाँले जान्नुभएको छ ।
“तीन जनाको परिवार, काम नपरेपछि घरमै सरसफाइ गरी बसेका छौँ”, उहाँले भन्नुभयो, “सरकारले भनेअनुसार आफू पनि मास्क लगाउने र ग्राहकलाई पनि भन्ने गरेको छु । साबुनपानीले हात धुने गरेका छौँ ।”
बानेश्वर बस्ने सरस्वती पहरीले कोरोनाको सन्त्रासबीच पनि दुनोट पकाउने सानो व्यवसाय नियमित चलाइरहनुभएको छ । “सरसफाइ गरी मास्क लगाएर काम गरे डर हुन्न भनेको सुनेको छु ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?