मापदण्डसहित कतारको सनैयामा लकडाउन खुला

काठमाडौँ — कतारले आप्रवासी कामदारको प्रमुख बासस्थान रहेको सनैया क्षेत्रमा लगाइएको लकडाउन झन्डै डेढ महिनापछि बुधाबारदेखि खुला गरेको छ ।

मापदण्डसहित कतारको सनैयामा लकडाउन खुला

कतारको सञ्चार कार्यालय अनुसार सनैया क्षेत्रमा भित्रिने र बाहिरिने सम्बन्धी नयाँ मापदण्ड लागू गरी लकडाउन हटाइएको हो । सनैयाको केही क्याम्पमा कोरोना संक्रमित भेटिएपछि लकडाउन गरिएको थियो । जोखिमूर्ण रुपमा रहेका ६ हजार ५ सय कामदारलाई क्वोरन्टाइनमा राखेपछि कतारले भित्रिने र बाहिरिने सम्बन्धी नयाँ मापदण्ड गरी सनैयालाई सुचारु गर्न थालिएको हो ।

नेपाली दूतावासका अनुसार लकडाउन गरिएको क्षेत्रमा मात्रै झन्डै एक लाख नेपाली बस्दथे । डेढ महिनादेखि काम नगरेका उनीहरुलाई तलब र खानाको प्रबन्ध मिलाइएको कतार सरकारको दाबी छ ।

गत अप्रिल २२ देखि सनैयाको सडक नम्बर १ र २ खुला गरिएको थियो । अब सनैयामा काम गर्न र सनैयाबाट अन्यन्त्र जान पाइनेछ । रोजगारदाता कम्पनीले काम गर्नको लागि उद्योग तथा वाणिज्य र प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति भने लिनुपर्नेछ । त्यसको लागि औद्योगिक क्षेत्र मामिलासम्बन्धी स्थायी समितिबाट जारी गरिएको निर्देशनलाई भने पूरा पालना गर्नुपर्नेछ । सनैयाबाट भित्रिन र बाहिरनको लागि सबै कामदारले इतिराज मोबाइल एप्स अनिवार्यरुपमा प्रयोग गर्नुपर्छ।

प्रकाशित : वैशाख २४, २०७७ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?