महामारीपछि साउदीबाट ४६ हजार नेपाली फर्किए

महामारीपछि साउदीबाट ४६ हजार नेपाली फर्किए

साउदी: साउदी अरेबियामा कोभिड १९ को असर तथा विभिन्न कारणले अलपत्र परेका ४६ हजार नेपाली स्वदेश फिर्ता भएका छन् ।

कोरोना महामारी सुरु भएसँगै स्वदेश फर्कन थालेका उनीहरु पछिल्लो समय नेपाल फर्किने क्रम बढ्दो छ । दैनिक रूपमा नेपालीहरु नेपाल एरलाइन्स, हिमाल एरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबइ, अलजजीरा तथा सलाम एरलाइन्स गरी चार्टर्ड उडानद्वारा स्वदेश फर्किएका हुन् ।

हालसम्म ४६ हजार १ सय ३५ नेपाली स्वदेश फिर्ता भइसकेका छन् । साउदीस्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावासको सहयोगार्थ साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा साथै भिषा नविकरण नगरेका २ हजार ४२ जना नेपालीलाई वहिर्गमन भिषा उपलब्ध गराएको छ।

दूतावासले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नविकरणका लागि आफ्नो फेसबुक पेजमार्फत आवश्यक बिवरण सहित अनलाईन फारमको व्यवस्था गरेको छ भने पासपोर्टको नविकरणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि साउदीका विभिन्न शहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ। साथै विभिन्न कारणले मृत्यु भएका ४२ शव अझै नेपाल पठाउने तयारी गरिएको छ ।

रियादस्थित दूतावासका अनुसार हालसम्म १ सय १३ नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाभाइरसबाट हालसम्म साउदीमा कुल ५ लाख २६ हजार ८ सय १४ जना संक्रमित हुनुका साथै ८ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । तर ५ लाख २६ हजार ८ सय १४ जना निको भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.