कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

विदेशमा नेपालीले भोगिरहेका समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री खाँण 

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली संघका पदाधिकारीसँग गृह मन्त्रालयमा बिहीबार भएको छलफलमा गृहमन्त्री खाँणले नेपालका नागरिकहरूले भोग्नु परिरहेको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएका हुन् ।

विदेशमा नेपालीले भोगिरहेका समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री खाँण 

उनले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेलिकेटेट डेस्क’ स्थापना, श्रम सम्झौता नभएका मुलुकमा श्रम सम्झौता गर्ने लगायतका विषय समाधान गर्न सरकार सकारात्मक रहेको बताए ।

गृहमन्त्री खाँणले तत्कालै गृहसचिव टेकनारायण पाण्डेलाई बोलाएर अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको समस्या समस्या अविलम्ब समाधान गर्न निर्देशन दिएका छन् । ‘अन्तर्राष्ट्रिय विमालस्थलमा धेरै समस्या देखिएको छ, त्यसलाई अविलम्ब सुधार गर्नुहोला,’ गृहमन्त्री खाँणले सचिव पाण्डेलाई निर्देशन दिँदै भनेका छन् ।

विमानस्थलमा रहने अध्यागमन, सुरक्षा, भन्सार र वातावरण सम्बन्धित मन्त्रीहरूको बैठक राख्न पनि सचिव पाण्डेलाई गृहमन्त्री खाँणले निर्देशन दिएका छन् । मन्त्री खाँणले गैरआवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्न पनि निर्देशन गरेका छन् ।

छलफलमा सहभागीहरूले अन्य विषयगत अस्पतालजस्तै एनआरएनएहरूका लागि पनि अस्पताल खोल्ने व्यवस्था गर्ने पहल गरिदिन आग्रह गरेका थिए । त्यसपछि गृहमन्त्री खाँणले पहिला जग्गा भेटिएपछि सरकारले केही पैसा लगानी गर्न सक्ने बताएका थिए ।

प्रकाशित : पुस १, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?