वैदेशिक रोजगारका समस्या

वैदेशिक रोजगारका समस्या

वैदशिक रोजगारमा पठाउने दलालहरूको बोली जति मीठो हुन्छ, व्यवहार उस्तै क्रूर हुन्छ। आकर्षक कमाइ हुने कामको खोजीमा भौंतारिएका व्यक्तिसँग भेट भयो भने दलालहरूले यसरी गफ दिन्छन् कि उनीहरूले भनेअनुसार पैसा बुझाउन सक्यो भने श्रमिकको आर्थिक हैसियत केही वर्षमै कायापलट हुन्छ। सपनामा पनि सोच्न नसक्ने गरी पैसा कमाउन सकिने गफमा भुलेर श्रमिकहरू दलालको भुलभुलैयामा पर्छन् र तत्काल घरघडेरी बेचेर भए पनि दलाललाई कुस्त पैसा एड्भान्सका रूपमा दिइहाल्छन्। यसरी तिरेको पैसाको कुनै कानुनी हैसियत हुँदैन। दलालहरू भने बेपत्ता भइसक्दा पनि रोजगारमा जाने योजनामा रहेकाहरू भने विदेश जाऔंला र पैसा कमाउँला भन्दै दिन गनेर बसिरहन्छन्। तर त्यो दिन कहिल्यै आउँदैन। दलालको फन्दामा परेर सडकको बासमा पुगेका थुप्रै नागरिक दलालको खोजीमा छन्। कोही वर्षौंदेखि कानुनी लडाइँमा छन्। साहुबाट ल्याएको ऋणको सावा–ब्याज तिर्नुपर्ने र अकारण लड्नुपरेको मुद्दाको थिचोमा परेकाको समस्याबारे राज्य गम्भीर हुनुपर्छ।

खराब आचरण भएका केही दलालका कारण समग्र वैदेशिक रोजगार व्यवसायलाई नै बदनाम गराएको छ। मुलुकभर वैधानिक रूपमा ७५२ वटा वैदेशिक रोजगारसम्बन्धी म्यानपावर कम्पनी रहे पनि समाजका कुनाकुनामा दलालहरू फैलिएका छन्। स्वदेशमा एक प्रकारको काम गरेर विदेश पुगेपछि अर्कै काममा लगाउने, कबुल गरेअनुसारको सेवासुविधा नदिनेदेखि आकर्षक मुलुकमा पठाउँछ भन्दै रकम कुम्ल्याएर आफैं फरार हुने प्रवृत्ति यो क्षेत्रमा छ। विदेश गएर रोजगारमा लागे पनि कुनै न कुनै समस्या नभोगेका व्यक्ति भेट्न मुस्किल छ। तुलनात्मक रूपमा प्रदेश २ का नागरिक यो समस्याबाट बढी प्रभावित छन्। दलाललाई लाखौं रुपैयाँ बुझाएर पनि विदेश जान नपाएका र अहिले न्याय पाउने आशामा रहेको दर्जनौं नागरिक अदालती निर्णयको पर्खाइमा छन्। फितलो अनुगमन र उनीहरूले जस्तै गल्ती गरे पनि उच्च राजनीतिक तथा प्रशासनिक पहुँचका कारण कानुनी कारबाहीबाट उन्मुक्ति पाउने गरेका छन्। अपवादबाहेक वैदशिक रोजगारमा जान चाहनेहरूको आर्थिक हैसियत कमजोर नै हुन्छ। यस्ता वर्गको सरकारी निकायसम्म राम्रो पहुँच पनि हुन्न। उनीहरूले राम्रो कानुनी ज्ञान लिन पनि सक्दैनन्। यसैको फाइदा दलालहरूले लिइरहेका छन्। कतिपय दलाल पक्राउ गरे पनि उनीहरूमाथि कडा कानुनी कारबाही हुन सकेको छैन।

सत्ता प्राप्तिका लागि मुलुकमा हिजोआज दैनिकजसो सभा–सम्मेलन हुने गरेको छ। नेताका कोठे बैठकको गन्ती गरिसाध्य छैन। तर यस्ता सम्मेलन वा बैठकमा घामपानी वा हर प्रकारका वाधा प्रवाह नगरी हाड खियाइरहेका दाजुभाइलाई यो बाध्यात्मक अवस्थाबाट मुक्ति दिने विषयमा मन्थन भएको पाइँदैन। बरु विदेशमा दस नंग्रा खियाइरहेकाबाट आर्थिक संकलन गर्ने र कसरी चुनाव वा सत्ता आरोहणका लागि भ¥याङ बनाउने भन्ने ध्याउन्नमा नेताहरू केन्द्रित भएको पाइन्छ। योभन्दा लाजमर्दो अवस्था अरू केही हुन सक्दैन। विदेशी भूमिमा बेहोर्नुपरेको कष्टको समाधान गर्न नसके पनि स्वदेशभित्र आफ्नै दाजुभाइलाई ठग्नेविरुद्ध भने कडा कारबाही हुनुपर्छ। पीडितलाई न्याय दिनुपर्छ। आफ्नै दाजुभाइलाई ठगेर रातारात धनी बन्ने ध्याउन्नमा लागेकाहरूलाई नियन्त्रण गर्नुपर्छ।

रोजगारमा जान चाहनेले बलियो कानुनी आधारविना दलाललाई पैसा दिनुहुन्न। यस्ता विषयमा सरकारी तथा गैरसरकारी संस्थाबाट प्रभावकारी परामर्श दिनुपर्छ। अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ। सरकारी दरभन्दा बढी रकम असुल्न खोज्ने दलाल पहिचानका लागि रोजगारमा जान चाहनेले पनि सहयोग गर्नुपर्छ। धेरै पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने सोचाइमा परिवर्तन ल्याउन जरुरी छ। सरकारी स्तरबाट रोजगार सिर्जना हुने नीति तथा कार्यक्रम ल्याउन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.